यथास्थितिमा निर्वाचन सम्भव छैनः

नेकपा—माओवादीका अध्यक्ष मोहन वैद्यले यथास्थितमा निर्वाचन सम्भव नभएको बताउनुभएको छ ।
महोत्तरीको बर्दिवासमा सञ्चारमकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष वैद्यले निर्वाचन सम्भव नभएकाले अहिलेसम्मका सम्पूर्ण प्रक्रिया खारेज गरेर गोलमेच सम्मेलनमार्फत निकास निकाल्नुपर्ने बताउनुभयो ।
सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत निकास निकालेपछि मात्र निर्वाचन सम्भव हुने र त्यसपछि नेकपा–माओवादी पनि निर्वाचनमा सहभागी हुने उहाँको भनाइ थियो । अध्यक्ष वैद्यले आफ्ना माग पूरा नगरेर जबरजस्ती निर्वाचन गर्न लागिए सशक्त बहिस्कार गर्ने चेतावनी दिनुभयो ।
सरकारले वार्ताका लागि पत्र पठाएपनि शर्त राखेकाले त्यसलाई खारेज नगरी वार्तामा नबस्ने उहाँले स्पष्ट पार्नुभयो । फरक प्रसंगमा उहाँले एकीकृत माओवादीसँग अहिले पार्टी एकता सम्भव नभएको बताउनुभयो । कांग्रेस र एमालेलाई तर्साउन मात्र एमाओवादी अध्यक्षले पार्टी एकताको हल्ला चलाएको उहाँको दाबी थियो ।

Powered by Blogger.