"हाम्रो चाहाना"

"हाम्रो चाहना"बारे जानकारी
"हाम्रो चाहना" देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो l यो कार्यक्रम डुसेल्डोर्फ, जर्मनीबाट योगेन्द्रमिलन छन्त्यालले सञ्चालन गर्नुहुन्छ l यस कार्यक्रममा सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l
प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहनाहरु बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ यसमा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ l
लोकतन्त्र र जनजीविकाका सवालमाथि छलफल चलाउंदै कार्यक्रमले राष्ट्रियता, अग्राधिकार, दीगो शान्ति र चरणवद्ध विकासका लागि सचेत र सामेल हुन निरन्तर अनुरोध गर्दछ l
नेपालको सेरोफेरोमा रहेर तयार गरिने यो साप्ताहिक कार्यक्रम "हाम्रो चाहना" हाल अनलाइन रेडियो टाइटन टोरोन्टो, क्यानाडाबाट हरेक बिहीबार साँझ ७.३० देखि ८.३० बजेसम्म र सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुङ, नेपालबाट हरेक शनिबार बेलुकी ६.३० देखि ७.३० बजेसम्म प्रशारण हुन्छ l
योगेन्द्र मिलन छन्त्यालबाट संचालित रेडियो प्रोग्राम सुन्नुहोस ।

YOGENDRA MILAN CHHANTYAL
Part 1


PART 2
                  PART 3
PART 5
PART 8

Powered by Blogger.